१३ आश्विन २०८०, शनिवार

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

२०७४,आश्विन,१९,बिहीवार १४:४९

0
Shares

धनगढी, १९ असोज ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ ।नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम आज केन्द्रीय समितिमा सिफारिस गरेको हो ।प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन/तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताए ।काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ ।यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ ।यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा रणबहादुर रावलसहित आठ जना, क्षेत्र नं २ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नं ३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नं ४ बाट डा लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँच जनाको नाम सिफारिस गरिएको छ ।प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेलगायत १४ जना क्षेत्र नं २ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नं ३ बाट रामचरण चौधरी, दिपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नं ४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ ।क्षेत्र नं ५ बाट काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०