काठमाडौं । नेकपा एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न षडयन्त्र रचेको आरोप लगाएका छन् ।
मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल-खनाल पक्षले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको मार्गनिर्देश र त्यसबाट पारित विधान मिच्दै ओलीले स्वेच्छाचारी काम गरेको आरोप लगाएका हुन् ।
सोमवार ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गरेसँगै त्यसबारे छलफल गर्न बसेको उक्त पक्षको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन् ।’ जारी वक्तव्यमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया