काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता शुरु गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा गठन भएको ३ सदस्यीय वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थरुहट- थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिबीच आज पहिलो चरणको वार्ता भएको छ ।
समितिले सरकारसगँ चौधरीको रिहाईसहित विभिन्न १९ बुँदे माग राखेको छ । त्यसैबारे वार्ताको लागि आज पहिलो चरणको छलफल भएको हो ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री थापासहित सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती रहेका छन् । त्यस्तै थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी रहेको वार्ता टोली रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया