काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको उत्तर पठाएका छन् ।
पार्टीको विधानविपरित काम गरेको भन्दै अध्यक्ष ओलीले नेता भुसालसहित ५ नेताहरुलाई स्पष्टीकरण सोधेका थिए ।
त्यसको जवाफ फर्काउँदै नेता भुसालले ओलीले आफूहरुलाई सोधिएको स्पष्टीकरण शत्रु देशका नागरिकलाई पठाइएको जस्तो भएको टिप्पणी गरेका छन् । साथै ओलीले पूर्वाग्रही ढंगले आफूहरुलाई स्पष्टीकरण सोधेको दाबी गर्दै पार्टी पंक्तिलाई ओलीको झुटबारे जानकारी दिन पत्र लेखेको बताए ।
‘शत्रु देशका नागरिकलाई पठाइएको जस्तो तपाईको पत्रको जवाफ लेखिरहनुपर्ने आवश्यक थिएन अर्थात पठाउनु भएको मिथ्था पत्रका बारेमा स्पष्टीकरण दिनु पर्ने त हुँदै होइन, कुनै पनि उत्तर समेत लेख्न जरुरी छैन तर तपाईले लगाउनु भएको आरोपहरु कति पूर्वाग्रही छन् र तपाईका दाबीहरु कति झूठा छन् भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनु पर्ने भएकाले यो पत्र लेख्दै छु ।’ पत्रमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया