भारतमा थप ५६ हजार २ सय ११ जनामा कोरोना संक्रमण, २ सय ७१ को मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८ सय ५५ पुगेको छ ।

हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ सय ७१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म भारतमा १ करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय २० रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?