काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलेआफू पक्षका नेताहरुको भेला बोलाएको छ ।
सोमवार अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट निलम्बन गरेसँगै त्यसबारे छलफलका लागि नेपाल – खनाल पक्षले भेला बोलाएको होे ।
पार्टी विधान विपरित काम गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुवै नेतालाई ६ महिना पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । त्यसैबारे छलफल गर्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । पार्टीबाट निलम्बनमा परेसँगै वरिष्ठ नेता नेपालले त्यसलाई स्वीकार नगर्ने बताएका छन् ।
आजको बैठकमा उक्त पक्षका स्थायी कमिटी सदस्य साथै सांसदहरुको समेत उपस्थिति रहने बताइएको छ । भेला कहा बस्छ भन्ने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया