‘स्किल वीक २०२१’ सम्पन्न, ४ विधामा नबिल स्किल हिरो घोषणा

लोकपथ
0
Shares

काठमाडौं । स्किलवीक २०२१, दोस्रो संस्करणको समापन समारोह हिजो (सोमवार) सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

कार्यक्रम उद्यमी, सरकारी कूटनीतिज्ञहरू, र सय भन्दा बढी इच्छुक उत्साहीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

स्किलवीक एक हप्ते कार्यक्रम थियो जसमा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्यनजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म संचालन भएको थियो ।

स्किललाई विकास गर्ने लक्ष्यका साथ“सिपले सम्मान,सिपको सम्मान”, भन्ने नाराका साथ यस बर्षको स्किल वीक कार्यक्रम समापन भएको छ ।

सो कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता,पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए। यसैबीच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधीबाट सम्मानित गरेको थियो ।

स्किलवीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्यकिनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी सोनम वांगचुकको उपस्थितीमा सन्चालन गरिएको थियो । उनकै जिवनमा आधारीत रहेर उनको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्शक रुपमा थ्री इडीयड्स नामक बलिवुड चलचित्रमा दर्शाइएको छ ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किलहीरोको रूपमा सम्मानित गरिएको थियो किनकी उनी एक प्रभावशाली व्यक्तित्व हुन् जसले कफी उद्योगमा आफ्नो नाम कमाएर कफीको स्थापनामा अभिन्न भूमिका खेले ।

त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिवद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरियो । उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मानित गरियो ।

चड्ढाले आफ्नो व्यक्तिगत प्रयास,व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहल गरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन् । विज्ञान र टेक्नोलोजीकालागि, कारखानाका सह–संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजीसँग जोड्न सक्ने मञ्चप्रदानगर्ने प्रयासको लागि सम्मानित गरियो ।

सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक कार्यक्रम संचालन गरिएको थियो जसमा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवं नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “वर्कफोर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ”शीर्षकमा आयोजित थियो । उक्त प्यानलमा मध्यमकर्ताका रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिस ठाकुर रहेका थिए । प्यानेलमा वीरेन्द्र पाण्डेय, उपाध्यक्ष, नेपाली उद्योग परिसंघ, कैबिनेट श्रेष्ठ, प्रबन्धनिर्देशक, अग्नि इनकोरपोरेटेड प्रा.लि , लक्ष्मण न्यौपाने, अध्यक्ष, एमडी, सिद्धार्थ हस्पिल्यटिलीटी समूह ,नोना डेप्रेज, राजदूत, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डल छलफलको लागि प्यानलिस्टको रूपमा उपस्थिती रहेका थिए ।

दोस्रो प्यानलमा छलफल शीर्षक “स्किल्स् फर पोस्ट पेनडेमिक वर्ल्ड” छलफलले नेपालको सीप नीति, महामारीपछी भविष्यका सीपहरू विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतालाई प्रकाश पारेको थियो । प्यानलिस्टको रूपमा अस्था सखा, कार्यकारी निर्देशक, सखा समूह, सुदीप आचार्य, प्रबन्धनिर्देशक, डिश होम, सुमन घिमिरे,सह–सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल सरकार र रवि फुयाल, आईएनजी समूह थिए भने मध्यमकर्ता का रूपमा एपी १ एचडी टिभीका प्रमुख सम्पादक टीकाराम यात्रिले कार्यक्रमलाई संचालन गरेका थिए ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा संचालन भएको थियो। पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदारः भारतको दूतावास श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, नेपाल उद्योग परिसंघ,उद्योग वाणिज्य महासंघ,पे टिभी पार्टनरका रुपमा डिश होम,पिआर पार्टनरः भि चित्र, सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा, एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्स, नेपाल आइस मनोरन्जन पार्टनरका रुपमा रहेका छन । कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इंटर्नशिपहरू – लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?