काठमाडौं । रुसमा बसेर नेपाली भाषा–साहित्यलाई योगदान लिँदै आएका कृष्णप्रकाश श्रेष्ठको सोमवार रुसको राजधानी मस्कोमा निधन भएको छ । जगदम्बा पुरस्कार विजेता श्रेष्ठको ८३ वर्षको उमेरमा रुसको राजधानी मस्कोमा निधन भएको हो ।
लामो समयदेखि रुसमा बस्दै आएका श्रेष्ठले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए । उनले केन्द्रमार्फत रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यमा योगदान पुर्याएका थिए । नेपाली भाषाको सिर्जना, अनुसन्धान तथा प्रचारप्रसारमा संलग्न भएर श्रेष्ठ आधा शताब्दीयता नेपाली वाङ्मयको प्रचार र प्रवद्र्धनमा संलग्न थिए । उनलाई २०५९ सालमा प्रतिष्ठित जगदम्बा पुरस्कार प्रदान गरिएको थियो ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले ट्वीटरमार्फत भाषा,साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् । श्रेष्ठले नेपाली साहित्यका महत्त्वपूर्ण कृतिहरू पनि रूसी भाषामा लगेर रूसी भाषाको साहित्यमा नेपाली कृतिहरूको स्थान सुरक्षित राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया