काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालन पुगेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिताबारे सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अध्यक्ष प्रचण्ड सर्वोच्च पुगेका हुन् ।
गत फागुन २३ गते सर्वोच्चले तत्कालिन नेकपाको आधिकारीकताबारे फैसला गरेसँगै एमाले र माओवादी पूर्ववत् रुपमा फर्किएका छन् ।
त्यससँगै रुष्टिएका प्रचण्डले उक्त फैसलाको पुनरावलोकनमा जाने बताएका थिए । कानूनविद्हरुसँग समेत छलफल गरी प्रचण्ड सर्वोच्च गएका हुन् । पार्टी एकतापछि तत्कालिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन समेत पार्टी पूर्ववत् रुपमा फर्किएपनि फिर्ता लिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया