१३ माघ २०७९, शुक्रवार

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

२०७४,आश्विन,१९,बिहीवार १४:४१

9
Shares

 भक्तपुर, १९ असोज ।बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गरेकी छिन ।राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको दर्शन गराएका थिए । नवदुर्गाका अर्का पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु ५०५ का दरले दक्षिणा दिएकी थिइन । देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रहरी उपरीक्षक किरण राणा, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारीलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् । राष्ट्रपति भण्डारीलाई तलेजुका जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गरेका थिए । कुमारीको मासिक भत्ता रु तीन हजार १५० मात्रै भएको धेरै वर्ष भएकाले त्यसबाट गुजारा नचल्ने जनाइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो समय नेपालसहित विश्वाभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अर्न्तगत यो शनिवार (पुस ३० गते) पहिलोपटक कलेजो सम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा

एम.भी. दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म उत्सवको अवसरमा दुगड ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा

टाउको दुख्ने कुरालाई हेलचेक्राइँ नगर्न बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाले सुझाव दिएका छन् । लोकपसँगको भिडियो कुराकानीका क्रममा डा.

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३