तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलवार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलवार चाँदीको मूल्य पनि घटेको छ । सोमवार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?