हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

लोकपथ
0
Shares
साङ्केतीक तस्वीर

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । सोमवार राति छिमेकीको घरमा टेलिभिजन हेरेर फकर्ने क्रममा तीन वटा हात्तीको आक्रमणबाट ५० वर्षीय यामबहादुर बोहोरा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते बोहोरालाई उपचारका लागि लैजादैं गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?