सहचालकलाई नदीमा फाल्ने चालक पक्राउ

लोकपथ
0
Shares

स्याङ्जा । घाइते सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार घाइते सहचालक गाहालाई कालीगण्डकी नदीमा फाल्ने चालक अमित परियार पक्राउ गरेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट यही चैत १३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले परियारलाई रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।

चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गाहा ट्याक्टरबाट खसी घाइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कागीण्डकी साँखरघाटमा लगि नदीमा बगाएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?