मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

लोकपथ
0
Shares

सुनसरी । सुनसरीको दुहबीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुहबी नगरपालिका–१० स्थित नहरचोकमा सोमवार दिउँसो १ः ४५ बजेतिर को९प ७००० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

सोक्रममा गम्भीर घाइते भएका को४प ६११२ मोटरसाइकलका चालक गढी गाउँपालिका–२ सकबारेका ३२ वर्षीय सञ्जय चौधरीको उपचारका क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?