रुपन्देहीका प्रजिअसहित दुई सुरक्षा निकायका प्रमुख फिर्ता

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे सहित दुई सुरक्षा निकायका प्रमुखलाई फिर्ता गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल प्रहरीका एसपी प्रविण पोखरेल र सशस्त्र प्रहरी बलका एसपी भरत खनियाँलाई जिम्मेवारी मुक्त गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार एसपी पोखरेललाई प्रहरी प्रधान कार्यालय स्थित योजना तथा अन्वेषण निर्देशनालयमा ल्याइएको छ ।

रुपन्देहीमा एसपी मनोज केसीको काज सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?