काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले केपी शर्मा ओलीबाट गरिएको निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गरेका छन् । ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेपश्चात् रावलले उक्त निर्णय अस्वीकार गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूमाथिको कारबाहीलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन् ।
उनले ट्वीटमा लेखेका छन्ः
केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टी बीचको एकतामाथि प्रहार गर्नुभयो। दोस्रो चरणमा नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवं सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो र तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चारजना नेतहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो ।
यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्णरूपमा अस्वीकार गर्दछु।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया