अटेर गरेपछि भुसाल र पाण्डेसँग फेरि मागियो स्पष्टिकरण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुन: स्पष्टीकरण मागेका छन्।

स्पष्टीकरणको जवाफ नदिएपछि पुन: स्पष्टीकरण सोधिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित तीन दिनभित्र पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको थापाले जानकारी दिए। नेपाल र रावलले स्पष्टीकरणकाे जवाफ दिए पनि भुसाल र पाण्डेले भने स्पष्टीकरण दिएका थिएनन्।

यसअघि समानान्तर पार्टी अभ्यास गरेपछि नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसाललाई चैत ९ मा स्पष्टीकरण सोधिएको थियो।

ओलीले आजै नेताहरु माधव नेपाल र  भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?