भारतीय राजदूतावासद्वारा अन्तरक्रियात्मक कार्यक्रम आयोजना

काठमाडौँ- भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको नेपालस्थित भारतीय राजदूतावासले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ।

‘भारत-नेपाल अल्मुनी नेटवर्क’ कार्यक्रमका मुख्य वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित सहभागी थिए  । आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायत यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित छन्।

त्यस्तै दीक्षित सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन् । संवाद कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिनुका साथै भारत आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठकाबारे पनि चर्चा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?