२०७८,श्रावण,१०,आईतवार

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा

२०७४,आश्विन,१९,बिहीवार १४:४१


 भक्तपुर, १९ असोज ।बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजार्चना गरेकी छिन ।राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजेर १५ मिनेटमा मन्दिरमा पुगेर नवदुर्गाको पूजा गरी दर्शन गरेर प्रसाद ग्रहण गरिन । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी सुवर्ण वनमाला र नकी विजेश वनमालाले नवदुर्गाको दर्शन गराएका थिए । नवदुर्गाका अर्का पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेकी थिइन । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु ५०५ का दरले दक्षिणा दिएकी थिइन । देवगणले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने कुरा राष्ट्रपतिसमक्ष माग गरेका थिए ।राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रहरी उपरीक्षक किरण राणा, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, गुठी कार्यालयका प्रमुख, सरकारी कार्यालयको कर्मचारीलगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै संकटमा परेको देवगणले गुनासो गरेका छन् । राष्ट्रपति भण्डारीलाई तलेजुका जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गरेका थिए । कुमारीको मासिक भत्ता रु तीन हजार १५० मात्रै भएको धेरै वर्ष भएकाले त्यसबाट गुजारा नचल्ने जनाइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साउन महिनालाई धार्मिक महिनाको रुपमा लिईन्छ । यो महिना वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको

अहिलेको मौसम वर्षाको भए पनि घाम लाग्दा गर्मी र पानी पर्दा चिसो भइरहेको छ । तापक्रममा आएको तातो र चिसोको

माछाको सेवन गर्नु र डायबिटिजबाट हुने जोखिमलाई कम गर्नु एउटै कुरा भएको चिकित्सक र डाइटिसियनहरू बताउने गर्छन् । माछाको सेवनले

अनावश्यक रूपमा बढेको तौललाई घटाउन को चाहँदैन र ! मोटो शरीरलाई घटाउन चाहनेहरूलाई अहिले धेरै किसिमका उपायहरू पनि रहेका छन्

ताजा समाचार

त्रिविका रोकिएका परीक्षा आजदेखि
 २०७८,श्रावण,१०,आईतवार ०९:०८
जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु
 २०७८,श्रावण,१०,आईतवार ०८:३४
कोरोना विरूद्धको खोप लगाउन ‘नयाँ नियम’
 २०७८,श्रावण,१०,आईतवार ०८:१२