काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेका छन् ।
पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै दुवै नेतालाई पार्टीबाट निलम्बन गरिएको हो ।
आज पार्टी अध्यक्ष समेत रहेका ओलीले एक पत्र पठाउँदै पार्टीको दशौँ महाधिवेशन कमिटीको सदस्य, पार्टीको अन्य जिम्मेवारी तथा पार्टी सदस्यताबाटै निष्काशन गरिएको छ ।
‘यस्तै गतिविधि कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किन मौका निद एकैपटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौँ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६(छ) महिनाको लागि निलम्बन गरिएको छ ।’ नेपाललाई पठाइएको पत्रमा भनिएको छ ।
त्यस्तै स्पष्टीकरणमा सोधिए अनुसार आफ्नो भुलत्रुटी स्वीकारोक्ति नगरिएको, कुनै आत्मसमिक्षा देखिएको आरोप रहेको छ । ‘स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटीको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमिक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै नदेखिएको, अंहकार आत्मकेन्द्रीत र स्वार्थ प्रष्ट देखियो । आफ्नो स्वार्थको लागि देश र जनता र पार्टीको हितलाई जस्तो सुकै क्षती पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा पुष्टि भएको छ ।’ पत्रमा भनिएको छ ।
त्यस्तै पार्टीका अर्का नेता भीम रावललाई समेत पार्टीको साधारण सदस्यबाट निलम्बित गरेको बुझिएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले गत चैत ८ गते नेपाल(रावललाई स्पष्टीकरण सोधिएको थियो । साथै उनीहरुले गत चैत १२ गते स्पष्टीकरण बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया