६ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । उदयपुरमा अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

बेलका नगरपालिका ८ कोठुबाट ६ केजी २ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका ७ का २४ वर्षीय अनिस राईलाई आज (सोमवार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

कोठुस्थित चेकपोष्टमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला समेतबाट खटिएको प्रहरीले बा ४ च १५१६ नम्बरको पिकपलाई जाँच गर्ने क्रममा गाडीमा सवार अनिसलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?