शेयर बजारमा ५.४५ अंकको गिरावट

काठमाडौं । सोमवार शेयर बजारमा ५.४५ अंकको गिरावट आएको छ ।

बजारमा गिरावट आएसँगै २५४३.५२ अंकमा पुगेर कारोबार रोकिएको छ । यस अवधीमा ४ अर्ब ४१ करोड ३ लाख रुपैँया बराबरको कारोबार भएको छ भने ९१ लाख कित्ता शेयर खरिद विक्री भएको छ ।

सोमवार १३ उपसमूहमध्ये ३ उपसमूहको कारोबार बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशत बढेको छ भने लघुवित्तको ०.९६ प्रतिशत र वित्तको ०.४५ प्रतिशत बढेको छ ।

त्यस्तै,आज व्यापार उपसमूहको कारोबार सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?