काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।
सोमवार दिउँसो कोटेश्वरस्थित एक निजी घरमा भेटघाट भएको हो ।
माओवादी केन्द्रले सर्वोच्च अदालतको फागुन २३ को फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीका गरिरहेका बेला भएको भेटघाटलाई अर्थपूर्ण हेरिएको छ ।
आजको भेटघाट समसामयीक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
भेटघाटमा एमाले नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया