काठमाडौं । त्रिदेशीय फुटबल अन्तर्गत फाइनल खेलको टिकटको मूल्य बढाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीच हुने उपाधि प्रतिस्पर्धाको टिकटको मूल्य बढाएको हो ।
यसअघिका खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य फाइनलमा भने बढाइएको हो ।
फाइनल खेलका लागि भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।
एन्फाका प्रवक्ता किरण राईले फाइनल खेलमा टिकटको मूल्य साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ कायम गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया