काठमाडौं । स्वेज नहरमा फसेको एक मालबाहक पानीजहाजलाई एक सातापछि निकालिएको छ । आज (सोमवार) बालुवामा फसेको ‘एभर गिभन’ जहाज स्थानीय समयानुसार साढे ४ बजे निकालिएको हो ।
उक्त जहाजको पछाडिको भागलाई नहरको किनारतिर तानेर अवरोध हटाइएको थियो । एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो ।
चीनबाट नेदरल्यान्ड्स जानेक्रममा गएको मंगलवार बिहान स्वेज नहरमा फसेको थियो । हावाको वेगका कारण ४०० मिटर लम्बाइ र ५९ मिटर चौडाइ भएको उक्त जहाज नहरको वारपार तेर्सो पर्दा मार्ग अवरुद्ध भएको थियो । निकालिएपछि जहाजको चाप कम हुने बताइएको छ ।
इजिप्टको स्वामित्वमा रहेको स्वेज नहर जलमार्ग १९३ किलोमिटर लामो छ । जहाज फसेपछि विश्व आपूर्ति शृंखला नै प्रभावित भएको थियो । जहाज निकालिएको खबरपछि कच्चा तेलको प्रतिब्यारेल मूल्य १ डलरले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
स्वेज नहर एसिया र युरोपबीच इन्धन, खाद्यान्न र अन्य व्यापार गर्नका लागि मुख्य मार्ग हो । विश्वभर जलमार्गबाट हुने ढुवानीको १५ प्रतिशत यही नहर हुँदै कारोबार हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया