के हो लगानी ? लगानी गर्दा के-के कुरामा ध्यान दिनु पर्छ ?

काठमाडौं । लगानी भन्नाले आफूसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिको लागि कुनै क्षेत्रमा लगाउनुलाई बुझिन्छ ।

लगानीबाट सामान्यतया सम्पत्ति श्रृजना हुने गर्दछ र त्यसलाई वित्तिय विवरणहरू तथा लेखामा लगानी भन्ने गरिन्छ । त्यस्तै,अर्काे शब्दमा भन्दा थोरै–थोरै गरेर जम्मा गरेको बचतलाई कुनै एक निश्चित अवधिपछि खर्च गर्ने भन्ने बुझिन्छ । लगानी आफूले जम्मा गरेको रकम कुनै उत्पादनमूलक क्षेत्रमा भविष्यमा नाफा बढाउने उद्देश्यले गरिने खर्च हो ।

हामीले खर्च कटाएर बचेको आम्दानीलाई सबैभन्दा बढी ब्याज आउने ठाउँमा बचत गर्नु वा राम्रो प्रतिफल आउने क्षेत्रहरूमा लगाउनु पर्दछ । सबै लगानी एकभन्दा बढी क्षेत्रमा लगानी गर्दा लगानीको विविधिकरण हुन गई जोखिम पनि कम हुन्छ । यो नै लगानीको सफल उदाहरण हो ।

लगानीको लक्ष्य

एक पटक नियमित रूपमा बचत गर्ने गरेपछि त्यो पैसालाई कहाँ लगानी गर्ने भन्ने सोच्नुपर्छ । आफ्नो लगानीको लक्ष्य बनाउनुपूर्व यस्ता कुराहरूमा ध्यान दिनुपर्छ ः
आफ्नो वित्तीय लक्ष्य के हो ? लगानी गर्नुपर्ने कारण के हो ?
आफ्नो लक्ष्य पूरा गर्न कति बचत र लगानी गर्नु पर्दछ ?
आफ्नो लक्ष्य पूरा गर्न कति मात्रामा जोखिम बहन गर्न सकिन्छ ?
आफ्नो लगानीबाट कति प्रतिफल आशा गरिएको छ ?
आफ्नो लक्ष्य पूरा गर्न लगानी गर्दा खर्च गर्ने शैली परिवर्तन गर्न सकिन्छ ?
लगानीको लागि चाहना र दृढ इच्छाशक्ति चाहिन्छ । लगानी गर्ने निर्णय गर्नुअघि उपर्युक्त कुराहरूमा राम्रो विश्लेषण गरेर लगानी गर्दा भविष्यमा ठूलो जोखिममा पर्नु पर्दैन । साथै, लगानीबाट प्रतिफल समेत राम्रो आउँछ ।

लगानीको प्रकार

लगानी गर्दा दुईवटा तरिकाले पूँजी थपघट गर्न सकिन्छ :

(क) स्थायी पूँजी – घरजग्गा किन्न र उपकरण किन्न ।
(ख) चालु पूँजी – प्रत्येक दिन व्यापार व्यवसाय सञ्चालन गर्न ।
सफल लगानीका लागि ध्यान दिनुपर्ने कुराहरू
लगानी गरेपछि राम्ररी ध्यान दिनुपर्दछ । समय दिनु पर्दछ ।
लगानी अनुसारको सामग्री व्यवस्थापन गरेको हुनु पर्दछ ।
लगानीको प्रतिफल लगानी गुणस्तरमा निर्भर हुने भएकोले लगानीको गुणस्तर जोगाइराख्नु पर्दछ ।
लगानी गर्दा उपयुक्त ठाउँ रोज्नु पर्दछ ।
सफल व्यवस्थापनको लागि अभिलेख राख्नु पर्दछ ।
आफ्नो व्यवसायलाई सफल बनाउन प्रस्तावित व्यवसाय आर्थिक तथा प्राविधिक रूपले सम्भाव्य वा लाभदायक छ वा छैन भनी काम शुरु गर्नुभन्दा अगाडि नै व्यवसायिक योजना बनाई विस्तृत विवरणहरूको जानकारी राख्नु पर्दछ ।

यस्ता छन्, लगानीका तत्वहरु

प्रतिफल
जोखिम
समय
जानकारी
वित्तीय सम्पत्तिहरूमा केन्द्रित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?