९ चैत्र २०७९, बिहीवार

बृहत् वाम एकताको विद्यार्थी संगठनबाट स्वागत

२०७४,आश्विन,१९,बिहीवार १४:२७

0
Shares

काठमाडौँ, १९ असोज ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपाल निकटका विद्यार्थी संगठनले बृहत् वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।तीन वटै संगठनका अध्यक्षले आज संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी समाजवाद स्थापना गर्ने लक्ष्यका साथ शुरु भएको वामपन्थी शक्तिको एकताले मुलुकलाई नयाँ दिशामा लैजाने बताए । एकता संयोजन समिति र चुनावी तालमेलको घोषणाले मुलुकमा नयाँ आशाको सञ्चार गरेको उल्लेख गर्दै उनीहरुले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको यात्रालाई थप मजबुत बनाउने विश्वास पैदा गरेको बताएका छन् । विज्ञप्ति जारी गर्नेमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम छन । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००