दुई समूहबीच झडप,भीरबाट लडेर २ जनाको मृत्यु

लोकपथ
0
Shares

बाग्लुङ । पिकनिक गएका दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतवार होलीमा पिकनिक मनाउन गएका दुई समूहबीच झडप भएको हो ।

बडिगाड गाउँपालिका १० स्थित बल्देधूरीमा भएको झडपमा २ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी इकवाल हवारीले जानकारी दिनुभएको छ । उनका अनुसार सम्पर्कविहीन भनिएका सबै सम्पर्कमा आएका छन् ।

दुईजनाको शव गोरेटोभन्दा पाँचसय मिटर तल भेटिएको डिएसपी हवारीले जानकारी दिए । दुई गाउँका युवाहरु पिकनिक भएको बेला झगडा गरेपछि झडप भएको थियो ।

प्रहरीका अनुसार निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको शव भेटिएको हो । उनीहरुको शव तारे भीरमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?