कांग्रेस क्रियाशील सदस्यता आधुनिक प्रविधिमा

लोकपथ
0
Shares

काठमाडौं । कांग्रेसले आगामी भदौमा हुने १४ औं महाधिवेशनका क्रियाशील सदस्यताको विवरण अत्याधुनिक प्रविधिको प्रयोग गरेर तयार पारेको छ । ६९ जिल्लामा ३ सय २१ जना कम्प्युटर अपरेटरबाट क्रियाशील सदस्यता विवरण आधुनिक प्रविधिबाट गर्न थालेको हो ।

सातवटै प्रदेश, ७७ जिल्ला, ७ सय ५३ स्थानीय तह र हाल कायम छ हजार ६ सय ४३ वडामा नै क्रियाशील सदस्यताको वितरण तयार गरिने छ । यसले जातीय, लिङ्गीय हरेक हिसाबले अभिलेख तयार गरिनेछ ।

तयार पारिएको विवरणबाट एक मिनेटमा कुनै जिल्लाको कुनै वडामा के–कति कांग्रेसका क्रियाशील सदस्य छन् भन्ने हेर्न सकिनेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?