विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान

लोकपथ
0
Shares

काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३ सय विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले पहिलो चरणमा ४० ओटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो ।

तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो ।

सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको थियो ।

साझाका अनुसार सम्बन्धित कम्पनीहरूले मे ९ (वैसाख २६) सम्ममा बोलपत्रका प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।

मन्त्रालयले बसको लम्बाइ ८ दशमलव ५ देखि ९ दशमलव ५ मिटरको बीचमा हुनुपर्ने, पूर्ण विद्युतीय ब्याट्रीबाट चल्ने हुनुपर्ने, ब्याट्री क्षमता १६० किलोवाट प्रतिघण्टाको हुनुपर्ने, एकपटकको चार्जमा कम्तीमा २०० किलोमिटर चल्ने सिटी बसको स्पेशिफिकेसन बनाएको छ ।

यसैगरी बोलपत्रमा सहभागी हुन कम्पनी स्टक मार्केटमा दर्ता भई अन्तरराष्ट्रिय बजारमा कम्तीमा १०० ओटा बस बेचेको तथा उत्पादन शुरू गरिरहेको कम्पनी १० वर्ष पुगेको हुनुपर्ने शर्त मापदण्डमा राखिएको थियो । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?