मोरङ । प्रदेश नं १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमवार दिनको २ बजे बस्ने भएको छ ।
प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम ३० बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया