किर्गिस्तानसँग आर्मीको बराबरी

लोकपथ
0
Shares

काठमाडौं । एएफसी कप-२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू-२३ टिमसँग बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेलमा गोल निस्कन सकेन ।

किर्गिस्तानविरुद्ध बल पोसेसनमा आर्मीले पकड जमाएको थियो । तर, आर्मी गोल गर्न असफल रह्यो ।

खेलको २६ औं मिनेटमा १८ यार्डबाट अभिलोभ अर्नाजको भली प्रहार पोस्ट बारमा लागेर फर्किदा किर्गिस्तान अग्रता बनाउन असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?