सात महिनापछि प्रधानमन्त्री र सभामुखबीच भेटघाट, के भयो कुरा ?

काठमाडौं । करिब ७ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटघाट भएको छ ।

आजको भेटघाटमा संसदको चालू सातौँ अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

गत भदौ यता प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटघाट हुन सकेको थिए । संसद पुनर्स्थापनापछि चलिरहेको अधिवेशन प्रभावकारी रुपमा चल्न नसकेको भन्ने गुनासोकाबीच प्रधानमन्त्री र सभामुखबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

“भदौको दोस्रो सातापछि प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको थिएन । संसदको चालू अधिवेशन प्रभावकारी भएन भन्ने गुनासो आइरहेका बेला प्रधानमन्त्री र सभामुखबीचको भेटघाटले आगामी बैठक प्रभावकारी हुनेछ ।” सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकपथसँग भने ।

आजको भेटाघाट क्रममा संसदलाई प्रभावकारी बनाउने कुरा भएको सल्लाहकार न्यौपाने बताए ।
“विशेषतः भेटघाटका क्रममा संसदको अधिवेशन प्रभावकारी बनाउने विषयमा कुराकानी भएको छ । साथै संसदमा पेश भएको महत्वपूर्ण विधेयकहरुका विषयमा समेत छलफल भएको छ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?