महिला रेफ्री स्टेफनीले पुन: रचिन् इतिहास

लोकपथ
0
Shares

काठमाडौं । फ्रेन्च महिला रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको विश्वकप छनौट खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । विश्वकप छनौट अन्तर्गत शनिवार राति नेदरल्यान्ड्स र लाट्भियाबीचको खेल खेलाउँदै स्टेफनीले इतिहास रचेकी हुन् ।

यस अघि कुनैपनि महिला रेफ्रीले पुरुषको विश्वकप छनौट खेल खेलाएको थिएन ।

३६ वर्षीया स्टेफनीले यस अघि पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी थिइन् । स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन्।

स्टेफनीले सन् २०१९ मा लिभरपुल र चेल्सीबीचको सुपर कप खेलाएकी थिइन् ।

सन् २०१९ को महिला विश्वकप फुटबलमा अमेरिका नेदरल्यान्ड्सबीचको फाइनल खेल समेत उनले खेलाएकी थिइन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?