जापानमा ५.८ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । जापानको चिबा प्रिफेक्चरमा आज (आइतवार) बिहान ५.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब ५० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्प स्थानीय समयानुसार बिहान ९:२७ मा गएको थियो । तर भूकम्पका कारण पूर्वी सागरमा कुनै सुनामीको चेतावनी दिइएको छैन ।

गत साता पनि उत्तरपूर्वी जापानमा ७.२ म्याग्नीच्यूडको भूकम्प गएको थियो । जापान भूकम्पीय दृष्टिबाट निकै जोखिमयुक्त राष्ट्रमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?