७ चैत्र २०७९, मंगलवार

बाम तालमेलपछि कांग्रेस असिनपसिन, यस्तो छ बैठकको निर्णय

२०७४,आश्विन,१९,बिहीवार १४:०६

9
Shares

काठमाडौँ, १९ असोज — प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ ।काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताए ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमाले सँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि कांग्रेस चर्को दवावमा छ । सोहि दवावपछि काँग्रेसले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो ।काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बुधबार बसेको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ । लामिछानेलाई अख्तियारको

चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस मनाइँदैछ । नेपाली कांग्रेस, भातृसङ्गठनलगायतका विभिन्न सङ्घ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सामेल हुनेबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । आज बसेको ५४औँ सचिवालय बैठकमा अध्यक्ष

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६