काठमाडौं । कोरोना जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले सञ्चारमाध्यमलाई टेलिफोनबाटै मौसमसम्बन्धी सूचना संकलन गर्न अनुरोध गरेको छ ।
आज (आइतवार) विभागको मौसम पूर्वानुमान महाशाखाले एक सूचना प्रकाशित गर्दै सकभर टेलिफोनबाटै सूचना संकलन गरी त्रिभुवन विमानस्थल गौचरस्थित मौसम पूर्वानुमान कार्यकक्षमा भिडभाड नगरिदिन आग्रह गरेको हो ।
सूचनामा विभागले कोभिड १९ को दोस्रो लहर विश्वमा फैलिरहेको र छिमेकी राष्ट्र भारतमा समेत तीव्र गतिमा संक्रमण बढेको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्डलाई ख्याल गरी सञ्चार माध्यमलाई यस्तो आग्रह गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया