इन्डोनेसियाको चर्चमा भएको विस्फोटमा परी १० जना घाइते

काठमाडौं । इन्डोनेसियाको माकासार शहरको क्याथोलिक चर्च बाहिर भएको विस्फोटमा परी १० जना घाइते भएका छन् । आज (आइतवार) प्रार्थनाबाट फर्किएका मानिसहरू लक्षीत आत्मघाती हमलामा १० जना घाइते भएका हुन् ।

इस्टरको पहिलो दिन आज आइतवार एक जना आत्मघातीले त्यहाँको स्थानीय समय बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । आक्रमणकारी मोटरसाइकलमा आएका र चर्चभित्र पस्न खोजेको बीबीसीले जनाएको छ ।

घटनास्थलमा शरीरका केही भागहरू देखिएको र ती अंग आक्रमणकारीका हुन् कि अरूका हुन् भन्ने यकिन नभइसकेको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

दुर्घटनाको जिम्मा कुनै समूहले नलीएको र अहिलेसम्म कोहीपनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?