अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८ र २९ मा

काठमाडौं । नेकपा एमाले सम्वद्द विध्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औँ जिल्ला अधिवेशन २०७८ जेठ २८ र २९ मा हुनेभएको छ।

अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको शनिवार नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा बसेको बैठकले भेलाको मिति तय गरेको हो।

नेकपा एमालेका युवा नेता राजु तिवारीको प्रमुख आतिथ्यता एवं अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष विष्णु हरि रिमाल सत्यको अध्यक्षतामा बसेको बैठकले आगामी २ महिनामा ५००० सदस्यता वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला कमिटी सचिव प्रशान्त जंग पाण्डेले जानकारी दिए ।

विद्यार्थीको हकहित, अधिकार, प्रतिष्ठा प्राप्ति, संरक्षण एवं सम्वर्दनमा दृढताका साथ लाग्न युवा नेता तिवारीले बैठकलाई निर्देशन दिएका छन्। परिवर्तित सन्दर्भमा देश २०७८ मंसिरमा चुनावमा जान सक्ने सम्भावना बढिरहेको हुदा सोको समेत तयारी गर्न संगठनलाई चुस्त दुरुस्त र गतिशिल राख्न बैठकमा सहभागी विद्यार्थी नेताहरूलाई अनुरोध गरे।

संगठनभित्र बढेको गुटबन्दी प्रति संकेत गर्दै नेता तिवारीले आफुले नजिकबाट नियालिरहेकोले आगामी दिनमा वैधानिक प्रक्रियामा ल्याँउदै त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने समेत चेतावनी दिएका छन्।

बैठकलाई अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु दाहाल, एमाले युवा नेता बाशुदेव गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य पवन प्याकुरेल, अभिषेक तमाङ्ग लगायतले संगठनलाई गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?