काठमाडौं । आज (आइतवार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनमा आएको छ । वायु प्रदुषणले भिजिविलिटी कम हुँदा प्रभावित भएको विमानस्थल पुनः सञ्चालनमा आएको हो ।
केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारी अनुसार आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको छ ।
खराब मौसमका कारण शुक्रवार र शनिवार केही समय प्रभावित भए पनि आज नियमित उडान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया