भारतमा कोरोना : ६२ हजार ७ सय १४ जनामा संक्रमण, ३ सय १२ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप ६२ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ६२४ पुगेको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको सो संख्या यो वर्षकै धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि हिजो शनिवार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा १ करोड १३ लाख २३ हजार ७ सय ६२ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ४ लाख ८६ हजार ३ सय १० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय १२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?