१४ माघ २०७८, शुक्रवार

बाम तालमेलपछि कांग्रेस असिनपसिन, यस्तो छ बैठकको निर्णय

२०७४,आश्विन,१९,बिहीवार १४:०६

0
Shares

काठमाडौँ, १९ असोज — प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ ।काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी साउदले जानकारी दिए ।बैठकले असोज २० गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूचीसमेत तय गर्नुका साथै निर्वाचनमा अन्य दलसँग चुनावी मोर्चा बनाउने सम्बन्धमा निर्णय गरेको नेता साउदले बताए ।प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताको सहभागिता थियो ।प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मंगलबार प्रमुख विपक्षी दल नेकपा एमाले सँग चुनावी गठबन्धन गर्न र पार्टी एकताका लागि पहल गर्ने सहमति गरेपछि कांग्रेस चर्को दवावमा छ । सोहि दवावपछि काँग्रेसले लोकतान्त्रिक मोर्चा गठन गर्ने निर्णय गरेको थियो ।काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमको बुधबार बसेको बैठकले लोकतान्त्रिक मोर्चामा सहभागी हुने निर्णय गरेको थियो । 

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

काठमाडौं । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ। पर्साकाे वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताएका छन् । गृह मन्त्रालयमा

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न

ताजा समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ
 २०७८,माघ,१४,शुक्रवार २०:०३
माघ मसान्तसम्म विद्यालय नखुल्ने
 २०७८,माघ,१४,शुक्रवार २०:०३
परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण
 २०७८,माघ,१४,शुक्रवार १९:५७