पेस्तोलसहित दुईजना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको हाँडीगाउँबाट दुई जनालाई पेस्तोलसहित पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एउटा मेडईन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ । पक्राउ परेकाहरुलाई कानुनी कारवाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?