सहकारी सामाजिक रुपान्तरणको अभियान बन्नुपर्छ : मन्त्री केसी

RSS
0
Shares

कर्णालीप्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सहकारी सामाजिक तथा साँस्कृतिक रुपान्तरणको अभियान बन्नुपर्नेमा जोड दिएका छन् ।

नारायण नगरपालिका–८ दैलेखमाअवस्थित राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा निर्मित डेरी उद्योगको उद्घाटन गर्दै कृषिमन्त्री केसीले सहकारीको अभियानले जनताको आर्थिक, सामाजिकतथा साँस्कृतिक रुपान्तरण हुने बताए । “समाजवादनिर्माणको आधार सहकारी बन्नुपर्छ,” मन्त्री केसीले भने, “यसप्रति मेरो बढी विश्वास पनि छ ।”

कर्णाली प्रदेशसभा अम्मरबहादुर थापाले डेरी उद्योग सञ्चालनले किसानको दूधको बजारीकरण भएको बताए । शेयर सदस्य मोटाउने खालको सहकारीलाई सरकारले प्राथमिकता नदिएको उनको भनाइ थियो । कृषिमन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले शहरको पैसा गाउँभित्र्याउने माध्यम डेरी उद्योग भएको प्रतिक्रिया दिए । सचिव मिश्रले भने, “यसबाट महिला किसानले प्रत्यक्ष लाभ लिएका छन् । प्रदेशले डेरी व्यवस्थापन गर्दैछ ।” दुग्ध उद्योगमा दैलेखमा नमूनाबन्ने भन्दै उनले सुर्खेतमा ठूलो क्षमताको पाउडर प्लान्ट बनाउनतर्फ सरकारले पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?