काठमाडौं- एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । एन्जल्स हार्ट नेसनल स्कुलको प्रमुख प्रायोजनमा हुन लागेको प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ ।
यसअघि आयोजकले यु–१६ क्रिकेट पनि आयोजना गरिसकेको छ । यु–१३ उमेर समूहको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । आगामी दिनमा प्रतियोगितालाई अझ परिस्कृत गर्दै लैजाने बताइएको छ।
एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले निजी क्षेत्रबाट विभिन्न संघ संस्थासंग सहयोग र हातेमालो गरी सानो उमेर समूहका नव प्रतिभावान खेलाडीहरुको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी निर्माण कार्यमा सहयोग पु-याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
ट्वान्टी– २० फर्मेटमा हुने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एकेडेमीकै हातामा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया