गर्मीमा एलर्जीबाट जोगिने सजिलो उपाय

काठमाडौं- गर्मी महिना शुरु भएको छ । गर्मीमा करिब १० देखि २० प्रतिशत मानिस मौमसी एलर्जीको शिकार हुन्छन् । यदि तपाई पनि यस्तै एलर्जीको शिकार हुनुहुन्छ भने केही त्यस्ता तरिका अपनाउनुस् जसले तपाईलाई यसबाट मुक्ति दिलाउन सक्छ।

अमेरिकामा गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने तनाव लिएको खण्डमा एलर्जीको लक्षण बढ्ने गर्छ । स्ट्रेस हार्मोन्स, ब्लड प्रोटीन इत्यादीले आईजीईलाई बढाउँछ जुन एलर्जिक रिएक्शनका लागि जिम्मेवार हुन्छ । विज्ञका अनुसार तनाव नलिने र पूरै निन्द्रा सुत्ने गर्नाले एलर्जीमा राहत मिल्छ ।

अनुसन्धानका अनुसार यदि तपाईको सुत्ने ओछ्यानलाई १ सय ४० डिग्री फरेनहाइटको तापक्रममा धुनुभयो भने १ सय प्रतिशत धुलो कम हुन्छ । जबकी मनतातो पानीले धुदाँ ६ दशमलव ५ प्रतिशत धुलो मात्रै कम हुन्छ । केही मेसिनमा सेनेटाइज सेटिङ पनि हुन्छ । यदि मेसिनमा यस्तो विकल्प छैन भने वासिङ मेसिनमा तातो पानीको प्रयोग गर्नुहोस् वा हातले कपडा धुनका लागि तातोपानी प्रयोग गर्नुहोस् । कपडालाई मज्जाले सुकाउनुहोस् ।

जसलाई एलर्जीको गुनासो छ त्यस्ता मान्छेले घर छिर्नासाथ नुहायो भने केही आराम मिल्छ । कपडा, जुत्ता, कपाल आदिमा छिरेका भाइरसको सम्पर्कमा आउने एलर्जीको लक्षण शरीरमा आउँछ । त्यसैले जति छिटो सकिन्छ नुहाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?