हुम्लामा भोकमरीको समस्या

लोकपथ
0
Shares

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएको छ । हालसम्म खाद्यान्न धुवानी नभएकाले जिल्लामा भोकमरी हुने सम्भावना देखिएको हो ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, ‘गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अब हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेको बताए ।

सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनोट भइसकेको थियो। त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुन सकेको छैन। ४५ रुपैयाँमा प्रतिकिलो खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो।

उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्षयतादेखि ढुवानी भएको छैन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?