मोदीको भ्रमणविरुद्ध प्रदर्शन, ४ जनाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । बंगलादेशमा प्रहरीले चलाएको गोली लागेर ४ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विषय लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको अन्र्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि शुक्रबार बंगलादेश गएका हुन्। मोदीको भ्रमणको विरोधमा प्रदर्शन शुरु भएपछि प्रहरीले गोली चलाउँदा कम्तिमा चार जनाको मृत्यु भएको हो। झडपमा परेर पत्रकारसहित कयौँ प्रदर्शनकारी घाइते भएका छन्।

मोदीको भ्रमणको विरोधमा स्थानीय हात्जारी मदरसाबाट जुलुस निस्किएको थियो। जुलुस हिंसात्मक बन्दै गएपछि प्रहरीले हस्तक्षेप गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?