इजिप्टमा रेल दुर्घटना ३२ जनाको मृत्यु

लोकपथ
0
Shares

इजिप्ट । रेल दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा १ सय ६५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् ।

आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेलमा अर्को रेल ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् ।राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३ सय ६५ किलोमिटर दक्षिणमा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?