काठमाडौं । नेपाली कांग्रेसले शनिवार बिहान केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
नवीन्द्रराज जोशीको निधनबारे शोक प्रस्ताव गर्नका लागि शनिवार बिहान साढे नौ बजे नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ ।
फागुन १४ गते मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको आज(शुक्रवार) साँझ साढे ८ बजे निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया